अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सहिदभुमी गाउँपालिकामा खुल्ला महिला बक्तृत्वकला प्रतियोगिता

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकाले ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

लैंङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच भन्ने नाराका साथ गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंङ्गिक समानता र महिला सशक्तिकरण शिर्षकमा खुल्ला महिला बक्तृत्वकला प्रतियोगिता अयोजना गरेको हो ।

बक्तृत्वकला प्रतियोगितामा ५ जनाले सहभागिता रहेको थियो । प्रतियोगितामा शिला राई प्रथम ,रस्मिता राई दोस्रो ,बन्दना राई तेस्रो र रोसिका राई , अनिसा भुजेल सन्तावना भएको महिला तथा बालबालिका शाखा प्रमुख प्रकृति राईले जानकारी दिनुभएको छ । उनिहरुले क्रमश नगद ५ हजार ३ हजार र २ हजार करुवा र प्रमाणपत्र पुरुस्कार पाएकाछन् ।

यस्तै हाडिफोर प्रतियोगिता पबित्रा लिम्बुले जितेको छ । ४१ जना महिला सहभागि रहेको हाडिफोर प्रतियोगितामा पबित्रा लिम्बुले जित्दै नगद ३ हजार र करुवा र प्रमाणपत्र पुरस्कार पाउन सफल भएको हो ।

सोहि अवसरमा आयोजना गरेको महिला मेचघुमाइ प्रतियोगितामा रस्मिता राई प्रथम ,बन्दना राई दोस्रो र तेस्रो शोषिता राई भएकाछन् । उनिहरुले नगद ३ हजार ,२ हजार ,१ हजार सहित करुवा र प्रमाणपत्र प्राप्त गरेको गाउपालिकाले जनाएको छ ।

मेचघुमाइ प्रतियोगितामा जम्मा ४१ जना महिलाहरुको सहभागिता थियो । कार्यक्रम गााउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको अतिथिहरुमा गाउपालिका उपाध्यक्ष रत्नश्वरी राई ,प्रशासकिय अधिकृत गुरुदत्त शर्मा ,इन्जिनियर शरद पण्डित ,कार्यपालिका सदस्य दिवानि राई लगायतको उपस्थिति थियो । प्रतियोगितामा सहभागिलाई गाउपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रशासकिय अधिकृत गुरुदत्त शर्मा,कार्यपालिका सदस्य दिवानि राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन रोजगार संयोजक सीता पौडेलले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।