निष्क्रिय जिमेल अकाउन्ट आउँदो डिसेम्बरदेखि डिलिट हुने

काठमाडौं । के तपाईँसँग कुनै पुराना गुगल अकाउन्ट छन्, जसलाई तपाईँले लामो समयदेखि प्रयोग गर्नु भएको छैन ? यदि छैन भने गुगलले तपाईँको अकाउन्ट डिलिट गरिदिन सक्छ ।

कम्पनीको एउटा नियम छ, जसअनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन भएको छैन भने सो अकाउन्ट स्वत: डिलिट हुनेछ । कम्पनीले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको हो ।

यद्यपि त्यो समयमा यो नियम अनुसार दुई वर्षसम्म प्रयोगमा नआएको जिमेल अकाउन्टमा भएका डेटा डिलिट हुने बताइएको थियो । अब भने डेटा मात्र नभइ पूरै अकाउन्ट नै डिलिट हुने बताइएको छ ।

यो नियम यो वर्षको डिसेम्बर महिनापछि लागू हुने कम्पनीको भनाइ छ । यदि तपाईँले आफ्नो पुरानो कुनै अकाउन्टको पासवर्ड बिर्सनु भएको छ अथवा लगइन गर्नु भएको छैन भने तपाईँसँग अझै समय छ ।

प्रयोग नगरिएका अकाउन्ट ह्याक हुने सम्भावना बढी हुने भएकाले गुगलले सुरक्षा कारणका दुई वर्षसम्म निष्क्रिय अकाउन्ट डिलिट गर्ने तयारी गरेको हो । तर डिलिट गर्नुअघि सबै गुगल अकाउन्टमा पूर्वसूचना दिइने गुगलले उल्लेख गरेको छ । यसकारण आफ्नो अकाउन्ट र डेटा (सामग्री) मेटाउनबाट रोक्नको लागि तपाईंले प्रत्येक दुई वर्षमा कम्तिमा एक पटक आफ्नो गुगल अकाउन्ट प्रयोग गर्न आवश्यक छ ।

ईमेलहरू पठाउने, गुगल ड्राइभ प्रयोग गर्ने, युट्युब भिडिओहरू हेर्ने वा एपहरू डाउनलोड गर्ने जस्ता कुरा गर्दा तपाईंको अकाउन्ट सक्रिय रहनेछ । यदि तपाईँसँग धेरै अकाउन्टहरू छन् र सम्झन सक्नुहुन्न भने गुगलको अकाउन्ट रिकभरी टुलहरू प्रयोग गरी त्यस्ता अकाउन्ट पुनः सक्रिय गर्न सक्नुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।