६५ लाख रुपैयाँमा बिक्यो एप्पलको जुत्ता

एजेन्सी । हामीले एप्पल भन्ने बित्तिकै आइफोन बनाउने कम्पनी भनेर चिन्छौं । तर कुनै समयमा एप्पलले फोन तथा कम्प्युटर मात्र होइन जुत्ता पनि बनाएको थियो ।

एप्पलले उत्पादन गरेको त्यहीँ दुर्लभ जुत्ता ६५ लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ ।

एप्पलले सन् १९९० को दशकमा नेसनल सेल्स कन्फ्रेन्सका क्रममा आफ्ना कर्मचारीहरुलाई सो जुत्ता दिएको थियो । एप्पलको इन्द्रेणी लोगो रहेको उक्त जुत्ता सेतो रङको छ भने यसको साइज १०.५ रहेको छ ।

एप्पलले केवल आफ्ना कर्मचारीहरुका लागि मात्र उत्पादन गरेका जुत्ता बिक्रीका लागि बजारमा भने कहिल्यै उपलब्ध गराएन । त्यहीँ विशेष जुत्तामध्येको एकजोर जुत्ताको हालै लिलामी भएको हो र त्यसलाई एक खरिदकर्ताले ५० हजार डलर अर्थात् करिब ६५ लाख रुपैयाँ मूल्य तिरेका छन् ।

सोथबी नामक लिलाम कम्पनीले उक्त जुत्ताको लिलामी गरेको हो । ती जुत्ता कसैले पनि प्रयोग नगरेको अवस्थाका भए पनि निकै पुरानो भएको हुँदा केही दाग भने लागेको छ ।

बक्समा रहेका जुत्तामा एकजोर रातो रंगका अतिरिक्त तुना पनि रहेका छन् ।

हुनत ती जुत्ता एप्पल आफैंले बनाएको भने होइन । जुत्ता उत्पादनका लागि एप्पलले आमेगा स्पोर्टस्सँग साझेदारी गरेको थियो । पछि एप्पलले जुत्ताका लागि आफ्नो ब्रान्डिंग होन्डा तथा ब्राउनजस्ता कम्पनीहरुलाई पनि दिएको थियो ।

स्मरण रहोस् केही हप्ताअघि मात्रै एप्पलको पहिलो आइफोन १९ लाख डलरमा लिलामी भएको थियो ।

यद्यपि एप्पलका जुत्ता महँगो मूल्यमा लिलामी भएको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा यस्तै एकजोर जुत्ता ८७५० डलरमा लिलाम भएका थिएभने सन् २०२१ को मार्चमा अर्को एकजोर जुत्ता १३७५० डलरमा लिलामी गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।