एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमाआधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ।
अब ग्राहकले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्छन्।

एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित ७५ रुपैयाँमा यो प्याक लिन सक्छन्। प्याकको समयावधि तीन दिन रहेको छ।
यसको अर्थ ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कुल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन्।
ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक लिन सक्ने एनसेलले बताएको छ।

त्यसैगरी, एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ।
सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरूका लागि यो डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ।

हालै कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ।
जसमा ग्राहकहरूले कर सहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖