किम जोङ उनद्वारा सेनाको शीर्ष जनरल बर्खास्त

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेका छन् ।

सो बर्खास्ती पछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न सेनालाई निर्देशनसमेत दिएका छन् । जसअनुसार तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र सैन्य अभ्यासको विस्तार जस्ता कुराहरू समावेश गर्न आह्वान गरिएको छ।

रोयटर्सका अनुसार किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

राज्य नियन्त्रित मिडिया केसीएनएले विवरण नदिई सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताएको छ । तर, रीलाई रक्षामन्त्रीको पदमा कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट भएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।