अमेरिकी राष्ट्रपतिलाई ज्यान मार्ने धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिए
वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति एफबीआईको कारबाहीमा मारिएका छन् ।
आरोपित ती व्यक्ति अमेरिकाको उटाहका निवासी थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उटाह भ्रमणमा आउनुभन्दा केही घण्टा अघि एफबीआईले अभियुक्तको लुकेको ठाउँमा छापा मारेको थियो ।
एफबीआईले आफ्ना विशेष एजेन्टहरूले अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरेको तर अभियुक्तको आक्रामक व्यवहारका कारण कारबाहीमा मारिएको बताएको छ ।
सुरक्षा एजेन्सीले अभियुक्तको पहिचान खुलाएको छैन तर मिडिया रिपोर्टका अनुसार उटाहको संघीय अभियोजकले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग रोबर्टसन रहेको छ।
मिडिया रिपोर्टका अनुसार आरोपी क्रेग रोबर्टसन करिब ७० वर्षका थिए र उनले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थकको रूपमा बताएका थिए ।


