शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते: आँखाको शल्यक्रिया

काठमाडौं : एक धार्मिक कक्षाका शिक्षकले आफ्नो विद्यार्थीलाई थप्पड हान्दा विद्यार्थीको आँखाको शल्यक्रिया गर्नु परेको छ। हङकङ मुस्लिम काउन्सिलको एक कक्षामा १३ वर्षीय बालकमाथि दुर्व्यवहार भएको हो। घाइते बालकको ६ घण्टा लामो आँखाको शल्यक्रिया गर्नुपरेको थियो।

सिकाइ केन्द्रमा कुरान पाठ नगरेको आरोपमा शिक्षकले उनीमाथि कुटपिट गरेका हुन्। यो घटनापछि काउन्सिलले कक्षाकोठामा सीसी क्यामेरा जडान गर्ने बताएको छ।

पीडित बालक अस्पतालबाट घर फर्किएपछि उसको परिवारसँग कुरा गर्ने काउन्सिलको तयारी छ। काउन्सिलका संस्थापक तथा अध्यक्ष अदिल मलिकले बालकले न्याय पाउन मात्र नभई अब त्यस्ता घटना नदोहोरिउन् भनी काउन्सिल लागिपर्ने बताए। साथै उनले कसैले शारीरिक सजायको सामना गर्नुपरेमा काउन्सिलमा खबर गर्न अनुरोध गरे।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖