यी हुन् सुन प्रकरणमा अहिलेसम्म हिरासतमा रहेका १७ जना

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्। सुन प्रकरणको सुरूमा अनुसन्धान गरेको राजश्व अनुसन्धान विभागले केही समयको अध्ययनपछि सो फाइल केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को जिम्मा लगाएको थियो।

सो प्रकरणमा हालसम्म पटकपटक गरी जम्मा १७ जना सिआइबीको हिरासतमा रहेका छन् भने सिआइबीले पनि अन्य व्यक्तिहरूमाथि अनुसन्धान र खोजि कार्य गरिरहेको छ।

सो पक्ररणमा पक्राउ परेकि भन्सार एजेन्ट रूक्मिना सुब्बा अस्वस्थ्य हुँदा हाजिरी जमानीमा रिहा भएकी थिइन् भने भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई राजस्व अनुसन्धान विभागले नै पक्राउ गरेको थियो। उनीहरूलाई भन्सार विभागले निलम्बनसमेत गरिसकेको छ।

यस्तै, भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादवशंकर पराजुली, राजेन्द्र राई, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, सवारी चालक अशोक लामा, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई र सुरेन्द्र तामाङ अहिले सिआइबीको हिरासतमा रहेका छन्।

त्यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पनि हिरासतमै रहेका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।