निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्बेजियन पर्वतारोहीमाथि अर्का पर्वतारोहीलाई मर्न छाडेको आरोप

ओश्लो । निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्बेजियन पर्वतारोही माथि एक पर्वतारोहीलाई मर्न दिएको आरोप लागेको छ ।

एक नर्वेजियन पर्वतारोही विश्वका १४ अग्लो चुचुरो आरोहण गर्ने सबैभन्दा छाेटाे समयकाे आरोही बन्ने क्रममा साे आरोप लागेकाे हाे । उनले कीर्तिमान पूरा गर्न मृतक शेर्पालाई पछाडि छोडेको आरोप लागेको छ ।

सोसल मिडियामा युवा पर्वतारोहीको निकै आलोचना भइरहेको छ । आलोचनाका बीच अहिले पर्वतारोहीले सामाजिक सञ्जालमा पोस्ट लेखेर स्पष्टिकरण दिएकी छिन् ।

क्रिस्टिन हरिला (३७ वर्ष) र उनका नेपाली गाइड तेन्जिन लामा सबैभन्दा कम समय अर्थात् तीन महिना एक दिनमा विश्वका १४ अग्लो चुचुरोमा आरोहण पूरा गर्ने आरोही बनेका छन् । गत जुलाई २७ मा हरिलाले विश्वको सबैभन्दा अग्लो चुचुरो के २ को आरोहण गरेर यो उपलब्धि हासिल गरेकी थिइन ।

के २ चुचुरोमा हरिलाको आरोहणको क्रममा एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा हरिला र उनको टोली एउटा साँघुरो धारमा चढेको देखिन्छ। भिडियोमा त्यही क्रममा अर्का टोलीसँग के–२ आरोहण गर्दै आएका शेर्पा मोहम्मद हसन बाटोमा बेहोस भए पनि हरिला र उनको टोलीका सदस्य मर्दै गरेको हसनको शव माथिबाट गुज्रिरहेको देखिन्छ ।

यो भिडियो सार्वजनिक भएपछि हरिला र उनको टोलीप्रति जनताको आक्रोश छाएको छ र जनताले उनको कडा आलोचना गरिरहेका छन् । उनको सोही क्रममा मोहम्मद हसनको पछि मृत्यु भयो।

क्रिस्टीन हरिलाले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट लेखेकी छिन् । यस पोस्टमा हरिलाले भनेकी छन्, ‘मृत्यु भएका शेर्पालाई बचाउन आफूले सक्दो गरें ।’

हरिलाले भनिन्, ‘सामाजिक सञ्जालमा आफूविरुद्ध धेरै कुरा भइरहेका छन्, ज्यान मार्ने धम्कीसमेत आइरहेका छन् । बोटलनेक क्षेत्रमा आफू र उनका अन्य तीन साथीले डेढ घन्टासम्म बचाउने प्रयास गरेको थिएँ ।’

के २ शिखर चढ्दा बोटलनेक क्षेत्र निकै खतरनाक मानिन्छ । यहाँ धेरै आरोहीहरुको मृत्यु भएको छ । क्रिस्टीनले भनिन्, ‘उनका क्यामेराम्यान गेब्रियल हसनलाई मद्दत गर्न करिब एक घण्टा त्यहाँ बसे । यस क्रममा गेब्रियलले हसनलाई तातो पानी र अक्सिजन उपलब्ध गराए तर एक घण्टापछि गेब्रियलको अक्सिजन कम हुन थालेपछि उनी पनि बाहिरिनु परेको थियो ।’

हसनको शव तल ल्याउन समेत नसकेको हरिलाले बताइन् । हरिलाले पोस्टमा लेखेकी छिन्, ‘उनको मृत्यु निकै दुखद छ र मलाई उहाँको परिवारका लागि धेरै नराम्रो लागेको छ तर हामीले उहाँलाई बचाउनको लागि सक्दो प्रयास गरेका छौं, विशेष गरी गेब्रियललाई ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।