पौडी प्रशिक्षकले बारम्बार बालिकाको टाउको पानीमा चोपलेको भिडियोले आक्रोश

एजेन्सी । चीनको एक विद्यालयमा पौडी प्रशिक्षकले सात वर्षीया बालिकाको टाउको बारम्बर पानीमा डुबाइरहेको एक भिडियो सार्वजनिक भएको छ ।

पढाउने बेला ध्यान नदिएको भन्दै यस्तो गरेको भनिएको भिडियोलाई लिएर सामाजिक सञ्जालमा कतिपय मानिसले आक्रोश समेत पोख्न थालेका छन् ।

यही अगस्ट ७ मा उक्त भिडियो सार्वजनिक भएको थियो । वार्षिक सात हजार अमेरिकी डलर शुल्क लाग्ने एक विशेष अन्तर्राष्ट्रिय किन्डरगार्टनमा अध्ययनरत बालिकालाई गत महिनाको अन्तिममा पौडी प्रशिक्षकले चारपटक पानीमुनि चोपलेका हुन् ।

पूर्वी चीनको झेजियाङस्थित उक्त विद्यालयले ती प्रशिक्षकलाई बर्खास्त गरेको छ । तर, घटनाको विषयलाई लिएर उनीमाथि कुनै अनुसन्धान गरिएको छैन ।

विद्यालयको पौडीपोखरीको सीसीटीभी फुटेजमा ती प्रशिक्षकले बालिकालाई नजिकैका दुई सहपाठीबाट तानेर बारम्बार उनको टाउको पानीमुनि धकेलेको देखिन्छ ।

त्यस दिन घटनाबारे बालिकाका आमाबुवालाई जानकारी गराइएन । अर्काे दिन आमाले घरमा बालिकालाई नुहाइदिने क्रममा कपाल धुन खोज्दा रोकेकी थिइन् । उनले ‘आमा, म कपाल धुन्नँ, मलाई निस्सासिने डर हुन्छ’ भनेकी थिइन् । त्यसपछि उनले अघिल्लो दिन स्कुलमा भएको घटना सुनाएकी थिइन् । बालिकाले प्रशिक्षकले पटक–पटक आफूलाई पानीमुनि धकेलको बताएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।