मन्त्री मोदी – प्रधानमन्त्रीले चाहनुभयो भने मन्त्री मात्रै होइन पार्टी सदस्यबाट पनि हटाउन सक्नुहुन्छ

काठमाडौँ । जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारीलाई लिएर विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीको कोटाबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी जनमतलाई दिने तयारी थालेको बताइन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले प्रधानमन्त्रीलाई आफू सहयोग गर्न तयार रहेको र आफू मन्त्रालयबाट बाहिरिन कुनै आपत्ति नरहेको रातोपाटीलाई बताइसकेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने कुन मन्त्री फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषय प्रधानमन्त्रीमा निहित हुने बताउँछन् ।

उनले रातोपाटीसँग भने,‘ म एउटा थारुको छोरा, समावेशीको हिसाबले पनि मलाई फिर्ता बोलाउनुहुँदैन भन्ने लाग्छ । तर, प्रधानमन्त्रीले चाहनुभयो भने मलाइ मन्त्री मात्रै होइन, पार्टी सदस्यबाट समेत निष्कासन गर्न सक्नुहुन्छ ।’ मोदीले सर्वोच्च अदालतले समेत मन्त्रीदेखि अन्य नियुक्तिमा समावेशीलाई ध्यान दिन सुझाएका बेला आफूलाई मन्त्रालयबाट फिर्ता बोलाउनु अदालतको आदेश विपरीत हुने बताए ।

त्यसो त नेपाली कांग्रेसमा समेत समावेशीलाई ध्यान नदिएको भन्दै आन्तरिक विरोध सुरु भएको छ । तीन पटक सांसद भइसकेका मोदीले पछिल्लो पटक मात्रै मन्त्रीको जिम्मेवारी भएका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖