माओवादीबाट दुई मन्त्री फिर्ता हुँदै, हितबहादुर र अनितादेवी मन्त्री बन्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्।उनले सत्ता सहयात्री जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै आफ्नै पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा लागेको स्रोतले बताएको छ।

माओवादीभित्र पछिल्लो समय फेरिएको आन्तरिक समीकरणको प्रभाव मन्त्रिपरिषद् पुनर्गठनमा देखिने भएको छ। पार्टीभित्र पछिल्लो समय देखिएको उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माबीचको मिलेमतोले मन्त्रिमण्डलमा पुनर्गठन प्रभावित हुने देखिएको छ।

सरकारमा सहभागी माओवादीइका पाँच मन्त्रीमध्ये पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा निकटका मन्त्रीहरुलाई बहिर्गमन गराउने तयारीमा प्रधानमन्त्री दाहाल लागेका छन्।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले उपमहासचिव पुन र शर्मा निकट दुई मन्त्रीलाई सरकारबाट बाहिर ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किराती र संघीय मामिला तथा स्थानीय विकास मन्त्री मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट हटाउने तयारी थालेका हुन्।

मन्त्री किराती उपमहासचिव शर्मा निकट मानिन्छन्। उनी पछिल्लो समय स्टन्टबाजीमा लागेको माओवादीभित्र आरोप लाग्ने गरेको छ। उनले कार्यसम्पादनमा सन्तोषजनक परिणाम देखाएपनि अध्यक्ष तथा प्रधानमन्त्री दाहालविरोधी अभिव्यक्ति दिएको भन्दै पार्टीमा आलोचना समेत भएको थियो।

अर्का मन्त्री मोदी उपमहासचिव पुनका निकटस्थ हुन्। उनको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै यसअघि मन्त्रिमण्डल पुनर्गठन गर्ने बेलामा समेत अन्यत्र मन्त्रालयमा स्थानान्तर गरिनै लाग्दा अन्तिममा सोही मन्त्रालयमा रोकिएका हुन्।

यी दुई मन्त्रीको बहिर्गमनपछि माओवादीबाट सरकारमा नुवाकोट-१ बाट निर्वाचित हितबहादुर तामाङ सहभागी हुने निश्चित भएको भएको छ। उनले संघीय मामिला या संस्कृति मन्त्रालय दिन प्रधानमन्त्री दाहाल राजी भएको स्रोतको दाबी छ।

माओवादीबाट सरकारमा सहभागी हुने सम्भावित नेताको रुपमा हितराज पाण्डेको चर्चा चलेपनि उनी संसदीय दलको प्रमुख सचेतक भएकाले अध्यक्ष तथा प्रधानमन्त्री दाहालले पाण्डेलाई भन्दा तामाङलाई नै सरकारमा सहभागी गराउन जोड गरेको माओवादी स्रोत बताउँछ।

जनमत पार्टीले सरकारमा पार्टीकी नेत्री अनिता देवी सहभागी हुने निर्णय गरिसकेको छ। उनको मन्त्रालयको बारेमा टुंगो अझै टुंगो लागिसकेको छैन। प्रधानमन्त्री दाहाल चितवनमा रहेकाले उनी फर्किए लगत्तै मन्त्रिमण्डल पुनर्गगठन हुने बालुवाटार स्रोतले जनाएको छ ।

यद्यपि प्रधानमन्त्री दाहालले जनमतले पहिल्यै दाबी गरेको मन्त्रालय दिने सहमति गरेरैसरकारमा निम्त्याएकाले अन्य दलका मन्त्रीहरुको मन्त्रालय समेत हेरफेर हुनसक्ने स्रोतले जनाएको छ।

जनमतले यसअघि खानेपानी मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो । कृषि या उद्योग मन्त्रालय दाबी गरेको उक्त दलले सो मन्त्रालय नपाएपछि सरकारलाई दिएको सार्थन यथावत राख्दै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।