सुन तस्करीमा संलग्नता नभए किन तर्सियो सरकार ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले संसद अवरोध नगरेको प्रस्टिकरण दिएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले निश्पक्ष छानबिन आयोग गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे । साथै उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न गरे ।

‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो ? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने ओलीको माग छ ।

‘एसपीको नेतृत्वमा छानबिन गर्दा एसएसपीले यसो नगर्नु भनेपछि गर्न सक्दैन । गोल्डेन टच पो भयो यो त । ब्रेक सु छोयो अर्को छोयो सुन भन्सारबाट जे ल्याउँदा पनि सुन यस्तो अवस्थामा देश छ’, ओलीको भनाइ छ ।

उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताए । ‘संसद अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । गर्ने परिस्थित ल्याउनै हुँदैन’, ओलीले भने, ‘संसद देश र जनताका काम गर्ने थलो हो निर्वाध गर्नुपर्छ । संसद निदाएर र सुतेर बस्ने ठाउँ होइन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीरताका साथ लिनुपर्छ र स्वस्थ बहसमा आउनुपर्छ ।’

उनले संसदमा प्रतिपक्ष बोल्न उठ्ने वित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको समेत बताए । ‘देशको शासकीय प्रशासकीय संरचनामा प्रहार भइरहेको छ । एक दिनमा एउटा नाकाबाट सय किलो सुन पास भइरहेको छ । अनि यो कुराको चुस्की लिने विषय र पार्टीगत पक्षधरताको कुरा हो ? तसर्थ संसद अवरोध हामीले गरेको होइन । राजश्व किन उठ्दैन ? भन्सारबाट कारोबार नै हुँदैन अन्तैबाट कारोबार भइरहेको छ’, ओलीको भनाइ छ ।

उनले चुरोट भनेर ल्याउने त्यो सुन हुने गरेको भन्दै कांग्रेस सांसद सुनील शर्माले बोल्दा उनलाई नै पक्राउ गरेर मुख थुन्ने प्रयास गरिएको आरोप लगाए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।