ओली भन्छन् -३३ किलो सुन पत्ता लगाउन सकिएन तर गायब पार्नेलाई कारवाही गर्‍यौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ किलो सुन नभेटिए पनि गायब पार्नेमाथि आफू नेतृत्वको सरकारले कारवाही गरेको दाबी गरेका छन् ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफूभन्दा अगाडिको सरकारको पालामा ३३ किलो सुन आए पनि खोज्दा नभेटिएको तर संलग्नलाई कारवाही गरेको विरोधाभास टिप्पणी गरेका हुन् ।

‘३३ किलो सुन हाम्रो सरकार बन्नुभन्दा अगाडि आएको थियो । अनेक सुन आउने र जाने भइरहेको रहेछ । छानबिन समिति बनाउँदा सुन भेटिएन । तर छानबिन समिति बनाएर कारवाही गरियो । अहिले पनि जेलमा छन्’ ओलीले भने, ‘यसमा संलग्नमाथि कारवाही गरियो । सुन त बाहिर पठाइसकिएको थियो । गायब थियो । तर पत्ता लगाउन सकिएन । लुकेको कुरा थाहा पाएपछि कानूनी दायरामा ल्याएर कठघरामा उभ्यायौं ।’

कडाइका साथ छानबिन गर्दा पनि सुन नभेटिएको अ‍ोलीले स्वीकार गरे । आवश्यक परे फेरि पनि त्यो काण्डमा सरकारले छानबिन गर्न सक्ने बताए ।

यस्तै ओलीले एक सय किलो सुन काण्डबारे उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुको विकल्प नभएको पनि बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।