सुनिल शर्मा पक्राउमा कांग्रेस प्रवक्ताको टिप्पणी- पार्टीभित्र भएपछि अनुशासनमा बस्न सक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी सदस्य भएपछि सबै अनुशासनमा बस्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकपछि पार्टीको सांसद सुनिल शर्मालक्षित गर्दै संसदीय दलमा अनुशासन र मर्यादाबारे प्रश्न उठेको बताए ।

बैठकपछि उनले भने, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’

शर्माले आइतवार बिहानमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कांग्रेस र एमालेको सरकार निर्माणको पहल थाल्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए देश तस्करहरूको अखडा बन्ने र उनीहरूको विरोध गर्नेलाई जेल हाल्ने दाबीसमेत गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।