४० दिन पछि अमेजनको जङ्गलमा जीवितै भेटिएका बालबालिकाको बाबु यौन शोषणको आरोपमा पक्राउ

एजेन्सी । ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिन पछि चार जना बालबालिका जीवितै भेटिए पछि उनीहरुको समाचार विश्वव्यापी बनेको थियो ।

तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शाेषणाको आरोप लागेको खबर सार्बजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार आफनै सौतेली छोरी माथी यौन दुब्र्यब्याहार गरेको आरोपमा उनलाई हाल पक्राउ गरिएको छ । उनी माथी कोलम्बिया प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियुक्त म्यानुएल रानोकेले आफनो सौतेली छोरी माथी निरन्तर रुपमा यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भए पछि विश्व स्तब्ध भएको छ।

केही महिना अघि भएको अमेजनको जंगलमा भएको बिमान दुर्घटनामा परी रोआनोकेले आफनो श्रीमती गुमाएका थिए, सो विमान दुर्घटनामा परे पनि ४० दिन पछि चारजना बालबालिका जिबितै फेला परे पछि विश्वभरीको मिडियामा कयौं दिनसम्म ‘हेडलाइन’ बनेको थियो ।

रोयटर्सका अनुसार म्यानुएल रोआनोकलाई आफ्नी १३ वर्षीया सौतेनी छोरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई गत शुक्रबार पक्राउ गरिएको हो । उनी १० वर्षकी हुँदा देखी नै उनले आफनो सौतेनी छोरीलाई दुर्व्यवहार गर्दै आएको थिए । यद्यपि रोयटर्सले रोआनोके वा उनका वकिलसँग धेरै पटक कुरा गर्ने प्रयास गरे तर उनीहरूसँग कुरा हुन नसकेको जनाएको छ ।

विमान दुर्घटनामा उद्धार पछि चार बालबालिका एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा भर्ना भएका थिए । यस समयदेखि उनी कोलम्बियाको परिवार कल्याण संस्थानको हेरचाहमा छन्। स्मरणरहोस, उनका छोराछोरी चढेको विमान कोलम्बियाको काक्वेटा प्रान्तको घना जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा पाइलटसहित तीन वयस्क यात्रुको मृत्यु भएको थियो । तर, चार निर्दोष बालबालिका जिउँदै फेला परेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।