के भारतको गोलभेंडा संकट समाधानमा नेपालले भूमिका खेल्न सक्छ ?

भारतमा गोभेंडाको आकासिंदो मूल्य कम गर्न मद्दत गर्नेगरी ठूलो परिमाणमा गोलभेंडा भारत निर्यात गर्ने इच्छा नेपालले प्रकट गरेको छ । तर यसका लागि नेपालले बजारसम्मको सहज पहुँचका साथै अन्य आवश्यक सुविधाहरुको माग गरेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सितारमणले भारी वर्षाका कारण भारतमा गोलभेंडाको मूल्य कीर्तिमानी उच्च विन्दुमा पुगेपछि नेपालबाट आयात सुरु गरिएको बताएकी छिन् ।

भारतमा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो २४२ भारुसम्म पुगेको छ र भारतले इतिहासमै पहिलोपटक गोलभेंडा आयात गरिरहेको छ ।

भारतले भलै नेपालबाट गोलभेंडा आयात गरिरहेको छ, तर ऊ गोलभेंडा उत्पादन गर्ने विश्वकै दोस्रो ठूलो देश हो । यस्तो प्रश्न उठ्छ कि के नेपाल भारतको गोलभेंडाको माग धान्न सक्षम छ त ?

नेपालमा गोलभेंडाको उत्पादन पर्याप्त मात्रामा हुन्छ, खासगरी काठमाडौं उपत्यकामा । जसमा काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्ला पर्दछन् । यदि मौसम अनुकुल भएमा यी क्षेत्रमा उत्पादित गोलभेंडा स्थानीय माग पूरा गरेर निर्यात गर्नसमेत पुग्दछ ।

यद्यपि नेपालमै पछिल्लो समयमा गोलभेंडाको मूल्यमा उतारचढाव आएको छ । केही महिनाअघि मागमा कमी र न्यून मूल्यका कारण ६०/७० हजार किलोग्राम गोलभेंडा सडकमा फ्याँकिएको थियो ।

भारतसँगको व्यापारका लागि इच्छुक नेपाल

अहिले नेपालमै गोलभेंडाको मूल्य सस्तो छैन । किनकि व्यापारीहरुले अनौपचारिक अनौपचारिक च्यानलबाट भारतमा गोलभेंडाको निर्यात सुरु गरेका छन् । जसका कारण अहिले नेपालमा गोलभेंडाको आपूर्तिमा कमी आयो र माग बढेको छ ।

कृषि मन्त्रालयका अनुसार नेपालमा २२ हजार ६ सय हेक्टरमा गोलभेंडा खेती हुने गरेको छ र वार्षिक चार लाख ३२ हजार टनभन्दा धेरै गोलभेंडा त्पादन हुन्छ ।

कृषि मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार नेपाल दीर्घकालीन रुपमा भारतमा गोलभेंडा लगायतका तरकारीहरु निर्यात गर्न इच्छुक छ, तथापि यसका लागि भारतले आफ्नो बजारसम्मको सहज पहुँच र अन्य आवश्यक सुविधाहरु प्रदान गर्नु आवश्यक छ ।

यी हुन् सर्वाधिक गोलभेंडा उत्पादन गर्ने ५ देश
द साइन्स एग्रीकल्चरका अनुसार सन् २०२१ मा विश्वमा १८ करोड ९१ लाख टनभन्दा धेरै गोलभेंडा उत्पादन भयो । जसमध्ये ६ करोड ७५ लाख टन उत्पादन गरेर चीन विश्वमा सर्वाधिक गोलभेंडा उत्पादन गर्ने मुलुक बनेको छ।

दोस्रो स्थानमा रहेको भारतले एक वर्षमा दुई करोड ११ लाख ८१ हजार टन गोलभेंडा उत्पादन गरेको छ । त्यस्तै तेस्रो स्थानको टर्कीले उक करोड ३० लाख टन तथा चौथो स्थानको अमेरिकाले एक करोड चार लाख ७५ हजार टन गोलभेंडा उत्पादन गरेको छ ।

पाँचौ स्थानको इटालीले सन् २०२१ मा ६६ लाख ४४ हजार टन गोलभेंडा उत्पादन गर्दा छैटौँ स्थानको इजिप्टले ६२ लाख ४५ हजार टन र सातौं स्थानको स्पेनले ४७ लाख ५४ हजार टन गोलभेंडा उत्पादन गरेका छन् ।

त्यसैगरी वार्षिक ४१ लाख ४९ हजार टन गोलभेंडा फलाएर मेक्सिको आठौं स्थानमा छ भने नवौं स्थानको ब्राजिलले ३६लाख ७९ हजार टन गोलभेंडा उब्जाउँदा दशौं स्थानमा रहेको नाइजेरियाले ३५ लाख ७५ हजार टन गोलभेंडा उत्पादन गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।