म आत्तिएको छैन, अलिकति चित्त दुखेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

स्वीट्जरल्यान्ड भ्रमणबाट फर्किएपश्चात् विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूबाट कुनै पनि गलत काम नभएको दाबी गरे ।

नेपालमा विकसित घटनाक्रमपछि आफूले भ्रमण छोट्याएर आएको नेपालले प्रष्टीकरण दिए । नेपालका अनुसार उनले पूर्वनिर्धारित दुई वटा देशको भ्रमण रद्द गरेर आएका हुन् ।

‘परिस्थिति र परिबन्द त्यस्तै पर्‍यो । हतारिए होइन, चुनौतीको सामना गर्ने किसिमले आएँ । हिजो अस्ति नै आउँथे । तर टिकटै नपाइने बढो गाह्रो हुँदोरहेछ ।’

राष्ट्रिय राजनीतिमा जटिलताहरू देखा पर्न थालेका छन् भन्ने फ्याक्टरले पनि आफू छिटो फर्किन उत्प्रेरित भएको उनले बताए ।

‘म आउँदा सजिलो हुन्छ भन्ने कुराहरू आइरहेको हुनाले सबै कुरालाई ध्यानमा राखेँ । जानलाई त पछि कुनै कार्यक्रम तय गरेर फेरि पनि जान सकिन्छ । खास–खास बेलामा खास नेताहरूको आवश्यकता पर्छ भन्ने कुरालाई ध्यानमा राखेर आइपुगेको छु,’ उनले भने ।

आफू ‘नबिराउनु नडराउनु’ भन्ने मान्यतामा रहेको नेपालले बताए ।
‘यो सुरुदेखिको मान्यता रहेको छ । मैले बिराएको छैन । कुनै बदमासी अपराध गरेको छैन । भ्रष्टाचार लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले म आत्तिएको छैन । तर, अलिकति चित्त दुखेको छ । चित्त किन दुखेको छ भने, केही गरौँला भन्यो, के पो भयो । देशको निम्ति केही गर्छु भनेर, गरेर देखाएको पनि हो । त्यसमा मलाई पूरै खुशी र गर्व पनि लाग्छ ।’

बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्न सक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भन्दा सम्भवतः मेरो नाम अग्रपंतिमा आउने छ । केही बदमासी भएको छ भने छानबिन होस । मेरो सहयोगी भूमिका रहनेछ । तर मैले नितान्त असल मनसायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत लाग्ने छुट्याएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता रहेको छैन ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।