मार्क जुकरबर्ग भन्छन्– फाइट गर्न मस्क गम्भीर छैनन्

काठमाडौं । मेटाका संस्थापक मार्क जुकरबर्गले टेस्लाका संस्थापक एलन मस्क गम्भीर नभएको भन्दै केज फाइटको विषय छोडेर अघि बढिरहेको बताएका छन् ।

गत जुनमा मस्कले जुकरबर्गसँग केज फाइट एक किसिमको मार्शल आर्टका लागि तयार रहेको भन्दै ट्विट गरेका थिए । जुकरबर्गले त्यसपछि मलाई स्थान पठाऊ भन्ने प्रतिक्रिया दिएका थिए ।

“मलाई लाग्छ हामी सबै सहमत हुन सक्छौं कि एलन गम्भीर छैनन् । यो मुभ अन हुने समय हो,” जुकरबर्गले आइतबार उनको सामाजिक सञ्जाल थ्रेड्समा लेखेका छन्, “मैले वास्तविक मिति प्रस्ताव गरे । परोपकारका लागि यसलाई वैधानिक फाइट प्रतिस्पर्धा बनाउन यूएफसीका मालिके डाना ह्वाइटले प्रस्ताव समेत गरेका थिए ।”

यो वर्षको सुरुतिर आफ्नो पहिलो जिउजित्सु टुर्नामेन्ट पूरा गरेको जुकरबर्ग मिश्रित मार्शल आर्टमा तालिम प्राप्त व्यक्ति हुन् । यस्तो कुनै तालिम नलिएका मस्कले भने केही दिन अघि तौल उठाएर फाइटका लागि तयारी गरिरहेको बताएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।