पहिरोले मन्दिर भत्किँदा ९ जनाको मृत्यु

काठमाडौँ : भारतको हिमाचल प्रदेशको सिम्लास्थित भारी वर्षासँगै पहिरो जाँदा त्यहाँको प्राचिन मन्दिर भत्किएर ९ जनाको मृत्यु भएको छ । अरु कम्तीमा २० जना मानिस भत्किएको संरचनाभित्र पुरिएको बताइएको छ ।

घटनास्थलमा अहिले ठूलो संख्यामा उद्धार टोली खटाइएको छ । हिमाचल प्रदेशमा पछिल्लो केही दिनयता भारी वर्षा हुँदा विभिन्न स्थानमा बाढीपहिरो गएको छ । बीबीसीको समाचार अनुसार पछिल्लो २४ घन्टाको अवधिमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु भइसकेको छ ।

मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् । पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् ।

केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रुपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।