एमाले – सुन तस्करी अनुसन्धानमा ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदैछ

काठमाडौं । नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ ।

च्यासलमा बसेको पार्टी सचिवालय बैठकले सुन प्रकरणमा पुन: उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने जोड दिएको हो । छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट हुँदै गएको र अनुसन्धानसमेत फितलो बनेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए ।

‘सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे गम्भीर छलफल भएको छ । यो विषय छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य छ । जति ढिलो हुँदैछ । प्रमाणहरू नष्ट हुँदैछन् । सीआईबीले गोदाम छापा मार्छ प्रमाण भेटिँदैन । संलग्नहरू फरार हुँदैछन् । यसले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती र अन्तर्राष्ट्रिय छवि बिग्रने जोखिम छ’, ज्ञवालीले भने ।

सरकारले छानबिनमा आलटाल गरिरहेको र प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको एमालेको आरोप छ ।
‘अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने सांसदलाई प्रतिशोध साँधेर पक्राउ गरियो । जति समय बित्दैछ त्यति सरकारको संलग्नता प्रष्टिँदैछ । सीआईबीले अनुसन्धानमा देखिएका नामलाई सरकारी वकिलले हटाएर छानबिनको दायरामा नल्याउने काम भएको छ यसले गम्भीर आशंका पैदा भएको छ’, ज्ञवालीले पत्रकारसँग भने । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖