पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।

बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । केही गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विष्फोटको कारण खुलेको छैन । स्थानीय सञ्चार माध्यमहरुले पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको जनाएका छन् ।

स्थानीय समयअनुसार राति ९ः४० बजेति सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।