स्पेनकी राजकुमारी सेनामा भर्ना

म्याड्रिड । कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर कल्पना गर्नुहोस् कि कुनै देशकी राजकुमारी त्यो देशको सेनामा भर्ना भएमा यो निकै चर्चाको विषय बन्न सक्छ ।

यसै बेला स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएकी छिन् । जसका कारण विश्वभर यी राजकुमारीको चर्चा भइरहेको छ । दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । विशेष कुरा के छ भने यी राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।

वास्तवमा स्पेनकी राजकुमारी लियोनर त्यहाँको सेनामा भर्ना भएकी हुन । उनले तीन वर्ष सैन्य तालिम लिने निर्णय गरेकी छिन् । राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्ध तालिमका लागि शाही बिदाइ गरिएको हो । राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ ।

स्मरण रहोस्, राजा फेलिप स्पेनी सेनाका सर्वोच्च कमाण्डर हुन्। उनले जरागोजा मिलिटरी एकेडेमीबाट तालिम पनि लिएका छन् । ५० वर्षीया रानी लेटिजियाले लियोनरलाई अँगालो हालेर भावुक भइन् ।

धेरै कारणले स्पेनको शाही परिवार विगत एक दशकदेखि धेरै विवादमा रहेको र आफ्नो छवि सुधार्न सक्दो प्रयास गरिरहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।