पृथकतावादी नेताकी पत्नीलाई पाकिस्तानले किन बनायो मन्त्री ?

नई दिल्ली। पाकिस्तानमा अनवारुल हक कक्करले १८ सदस्यीय मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदको शपथ लिएपछि बिहीबार सरकार गठन भएको छ । यो क्याबिनेटमा पृथकतावादी नेता यासिन मलिककी पत्नी मशाल हुसेन मलिक पनि सामेल छिन् ।

मानव अधिकारका मुद्दाका एक प्रमुख वकिल मलिकले क्याबिनेटमा पूर्ण मन्त्री पद धारण गर्ने भने छैनन् । बरु उनले प्रधानमन्त्रीको विशेष सल्लाहकारको रूपमा काम गर्नेछिन् र मानव अधिकारसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्नेछिन् ।

सन् २००९ मा मुशालका पति यासिन मलिक कश्मीरमा भारतविरोधी अभियानको नेतृत्व गर्दै आएका थिए । उनीहरूको विवाह २२ फेब्रुअरी २००९ मा रावलपिण्डीमा भएको थियो। सन् २००५ मा यासिन पाकिस्तान भ्रमणमा रहेका बेला यी दुईको भेट भएको थियो । मुशाल मलिकले लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक गरेकी छन् ।

उनकी आमा रेहाना हुसेन मलिक ले पीएमएनएल एन महिला शाखाको महासचिवको रूपमा काम गरेकी थिइन् भने उनका पिता एम.ए. हुसेन मलिक एक अन्तर्राष्ट्रिय अर्थशास्त्री र नोबेल पुरस्कार जुरीको पहिलो पाकिस्तानी सदस्य थिए। एम.ए. हुसेन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख पनि थिए ।
हाल मुशाल आफ्नी १२ वर्षीया छोरी रजिया सुल्तानासँग इस्लामावादमा बस्छिन् ।

भारतलाई सन्देश ?
राजनीतिक टिप्पणीकार सोहेल वडाइचले यसलाई सांकेतिक र महत्वपूर्ण भनेका छन् । उनको नजरमा हुेसेनको नियुक्तिको स्पष्ट राजनीतिक प्रभाव छ । उनी भन्छन्, ‘यो भारतका लागि एउटा सन्देश हो कि उसले कश्मीरलाई बिर्सिएको छैन । यो हुसेनको आवाजलाई पाकिस्तानको समर्थनको प्रतीक हो।’ उनले आफ्नो पतिको निष्पक्ष सुनुवाइ र भारतीय अधिकारीहरूबाट पतिलाई सफाइ को लागि आवाज उठाइरहेकी छिन्।

उता पत्रकार हामिद मीर भन्छन्, ‘अन्तरिम सरकारको क्याबिनेटमा पाकिस्तानका सबै प्रान्त, सबै क्षेत्रको प्रतिनिधित्व छ। यसमा उनी कश्मीरको प्रतीक हुन् । यो मन्त्रिमण्डलका अधिकांश मन्त्री र सल्लाहकारहरू टेक्नोक्र्याट हुन् र यी नियुक्तिहरू राजनीतिक होइनन्।

यो एउटा अन्तरिम व्यवस्था हो, यसको एकमात्र उद्देश्य आम निर्वाचन गराउनु हो र जबसम्म निर्वाचित सरकारले सत्ता सम्हाल्दैन, तबसम्म उनीहरूले आफ्नो दैनिक कामकाज मात्र चलाउनुपर्छ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।