३ दिनमा नै पुरानो दादलाई निको पार्न अपनाउनुहोस् यी घरेलु उपाय

एजेन्सी । शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ। दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारबार बल्झिने समस्याले सताईरहेको हुन्छ। आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ।

बनाउने विधि: सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने। अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने। कपुर (पुजा गर्न प्रयोग गरिने) नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछि यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार भएपछि।

लगाउने विधि: शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिनुहोस र बिहान उठेपछि यसलाई राम्ररी धुनुहोस्। यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।