शरीरमा रगतको कमी हुन् नदिन खानुहोस् भान्सामै पाइने यी चीजहरु

काठमाडौ । आजकल धेरैजस्तो मानिसमा रगतको कमी अर्थात रक्तअल्पता (एनेमिया) जस्तो समस्या देखिएको छ। गलत खानपान यसको एक प्रमुख कारण हो, जसलाई चाहेर पनि नजरअन्दाज गर्न सकिन्न। शरीरमा रगतको कमी हुँदा कमजोरी महसुस हुनुको साथै रोग प्रतिरोधक क्षमता पनि कम हुन्छ। जसको कारण व्यक्तिको स्वास्थ्य पनि शिथिल हुन् थाल्छ जुन पछि गएर हानिकारक साबित हुन्छ।

अंग्रेजीमा एक कहावत छ ‘हेल्थ इज वेल्थ।’ भविष्यमा स्वास्थ्यसँग सम्बन्धित कुनै पनि समस्या सामना गर्नु नपरोस् भनेर आज देखि नै जागरुक हुन् आवश्यक छ। आज हामी तपाईलाई शरीरमा रगतको कमी हुन् नदिने यस्तो उपायहरु बताउने छौँ, जसले तपाईको शरीरमा रगतको कमी पूर्ति गर्नेछ। जसको लागि तपाईले बजार धाइरहन आवश्यक पर्दैन, तपाईको आफ्नै भान्साकोठामा सबै पाउनुहुनेछ।

नुन र लसुनको सेवनले रगत सफा हुन्छ। जसको रगतमा प्लेटलेट्सको कमी हुन्छ तिनले नुन र लसुन खाँदा फाइदाजनक हुनेछ। खाना सँगै लसुनको सेवन गर्दा तपाईको लागि लाभप्रद हुनेछ। दिनमा तीन पटक पालुङ्गोको जुस पिउनुहोला। पालुङ्गोमा भिटामिन ए, बी, सी बाहेक प्रोटिन, सोडियम, क्याल्सियम, फस्फोरस, क्लोरिन, फाइबर र फलाम पर्याप्त मात्रामा हुन्छ।

भुटेको, पोलेको,उसिनेको मकै तपाईको स्वास्थ्यको लागि अत्यन्तै लाभदायक हुनेछ। हरियो मकैको दाना उमालेर खाँदा आमाशय मजबूत हुनेछ र रगत बन्ने गति पनि बढ्नेछ। जसको शरीरमा रगतको कमी हुन्छ तिनले दालचिनी, सुप उमालेर दिनमा तीन पटक पिउनुहोला। यसले रगत पनि बन्छ र शरीर स्वस्थ पनि रहन्छ। अमला र फडिलको रस बराबर मात्रामा मिलाएर पिउनुहोला। यसरी पिउँदा शरीरमा रगतको कमी हुन् पाउँदैन्।

गोलभेंडाको रस, शरीरमा रगतको मात्रा बढाउने एक उत्कृष्ट एवं सहज माध्यम हो। जुन घरमा गोलभेंडाको प्रयोग बढी हुन्छ त्यस घरपरिवारका सदस्यले रगतको कमीको समस्या सामना गर्नुपर्दैन। कटुस एक यस्तो खाद्य पदार्थ हो जसले शरीरलाई शक्ति दिनुको साथ-साथै प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, फलाम र खनिजको कमी पूरा गर्छ।

काँचो कटुसको सेवनले शरीरमा रगतको कमी पनि पूर्ति गर्छ। रगतको कमी जस्तो समस्याको लागि स्यालफुस्रोको सेवन गर्नु एक राम्रो उपाय हो। शरीरमा रगतको कमी हुँदा छालामा एलर्जी हुन् लाग्छ। यस्तो अवस्थामा स्यालफुस्रोको जुस दिनमा तीन पटक पिउँदा यस समस्याबाट छुटकारा पाउनुहुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।