पूर्व मन्त्रीको ट्विट : ‘राती प्रहरीले ढोका फोडेर छोरीलाई उठाएर लगे’

एजेन्सी/पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीकी पूर्व नेता शिरिन मजारीले राती उनकी छोरीको अपहरण गरेको बताएकी छिन् । शिरिनले राती सादा पोसाक लगाएका प्रहरीले छोरीको अपहरण गरेको बताइन् ।

उनले ट्विट गर्दै भनिन्, ‘महिला प्रहरी र केही सादा पोसाक लगाएका मानिसले हाम्रो घरको ढोका फोडेर छोरीलाई उठाएर लगे । उनीहरुले हाम्रो सुरक्षा क्यामरा, ल्यापटप र उनको फोन खोसे । हामीले उनीहरूलाई किन आयौ भनेर सोध्दा उनीहरुले इमानलाई बाहिर ताने ।’

मजारीले थपिन्, ‘उनीहरुले हाम्रो पूरा घरको खानतलासी गरे । मेरी छोरी रातीको कपडामा थिइन् । उनीहरुले कपडा फेर्नका लागि भने तर उनीहरुले उनलाई तानेर लिएर गए । उनीहरूसँग कुनै पुर्जी थिएन न कुनै प्रकारको कानुनी प्रक्रियाको पालना गरियो । यो सरकारको तानाशाही हो । स्मरण रहोस्, हामी घरमा दुई महिला बस्छौँ । यो एक प्रकारको अपहरण हो ।’

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि ९ मेमा हिंसा भड्किएको थियो । यो हिंसापछि शिरिन मजारीले पार्टी र राजनीति छोडेकी थिइन् । हिंसापछि उनीहरूलाई धेरै पटक पक्राउ गरिसकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।