अमेरिकामा भारतीय दम्पतीको गोली हानी हत्या ! ६ वर्षीय छोरा पनि मृत भेटिए

न्यूयोर्क । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक भारतीय दम्पती र उनका ६ वर्षीय छोरा मृत फेला परेका छन् । श्रीमती र बच्चाको हत्या गरी श्रीमानले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गत शनिवार दिउँसो कर्नाटकका मूलका तीन जनालाई बाल्टिमोर काउन्टीको एउटा घरमा मृत अवस्थामा फेला पारेको र उनीहरूको शरीरमा गोलीको निशान रहेको जनाएको थियो ।

मृत्यु हुनेमा योगेश एच नागराजप्पा (३७), प्रतिभा वाई अमरनाथ (३७) र यश होन्नल (६०) रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमान्–श्रीमती र छोरा रहेको प्रहरीको अनुमान छ ।

बाल्टिमोर सन अखबारले बाल्टिमोर काउन्टी प्रहरीका प्रवक्ता एन्थोनी शेल्टनलाई उद्धृत गर्दै भने, ‘प्रारम्भिक अनुसन्धानले नागराजप्पाले दुई जनाको हत्या गरेपछि आत्महत्या गरेको देखाएको छ।’

शेल्टनले भने, ‘तीनजनाको हत्या भएको देखिन्छ। गोलीको चोटका कारण उनीहरूको मृत्यु हुनसक्छ।’

मङ्गलवार साँझ परिवारका सदस्यलाई अन्तिम पटक जीवित देखिएको भए पनि त्यसपछि उनीहरू नदेखिए पछि शनिवार साँझ प्रहरीले खानतलासी गरेको थियो ।

मृत्युको कारण भने प्रमुख चिकित्सा अधिकृतको कार्यालयले पोस्टमार्टम गरेपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

बाल्टिमोर काउन्टीका कार्यकारी जोनी एलेसजेव्स्कीले एक विज्ञप्तिमा भने, ‘यस डरलाग्दो कार्यमा निर्दोष पीडितहरूको क्षतिबाट म गहिरो चोट र दुःखी छु, यस दुखद घटना पछि परिवार र समुदायका सदस्यहरूलाई हामी सक्दो सहयोग गर्नेछौँ।’

पीडितहरू वरपरका मानिसहरूबाट खतरामा नरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖