कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै एमाले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ ।

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।

उनले संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको बताए । भोलि नै रिट दर्ता गराउने एमालेको तयारी छ । प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै नेता कार्कीले एमालेसँग अर्को विकल्प नभएको बताए ।

‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौं, हामीसँग अर्को विकल्प छैन’, नेता कार्कीले भने ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले पहिचानवादीहरूले आफ्ना माग राख्न र मुद्दा स्थापित गर्न राजनीतिक दल निर्माण गरी आउने कुरा ठीक भए पनि मूलधारका पार्टीका नेताले जातीय द्वन्द्व मच्चाउने र त्यसलाई उचालेर सिंहासन जोगाउने खेल खेल्नु निन्दनीय भएको टिप्पणी गरे ।

‘यो कसरी आइरहेको छ ? कुन शक्ति केन्द्रको उक्साहटमा भइरहेको छ सचेत हुनुपर्छ’, नेता कार्कीले भने,’राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौम सत्ताविरुद्ध लाग्न खोजिएको त छैन ?’

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले असंवैधानिकरूपमा सभाध्यक्षलाई प्रयोग गर्दै हिजो विश्वासको मत लिएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।