सर्वदलीय बैठक नबसेपछि लामिछानेको टिप्पणी : शीर्ष नेताको बैठकको साक्षी बस्नु बदनाम मात्रै

काठमाडौं : आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बसेन। बैठक नबसेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्टि पोखेका छन्। लामिछानेले शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो सुन प्रकरणको अनुसन्धानमा छानबिन समितिको टुंगो लगाउनेबारे थप छलफल गर्न सर्वदलीय बैठक डाकेका थिए। तर, बैठक बसेन। अस्वस्थका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित भएनन्।

‘सर्वदलीय बैठक बसेन। अस्वस्थका कारण ओलीजी आउनु भएन,’लामिछानेले भने,’शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हो। यसमा कुनै तुक छैन।’

लामिछानेले समय अभाव देखाएर आज पनि संसद बैठक स्थगित भएको भन्दै आक्रोश समेत व्यक्ति गरे। संसद् बैठक दिउँसो ३ बजेका लागि डाकिएको थियो।

प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानु परेकाले समय अभावका कारण आज संसद बैठक नबस्ने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖