कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती
६ भदौ, काठमाडौं । नेपाली कांग्रेस, निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खती नियुक्त भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई नियुक्त गरेका हुन् । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव खाती पूर्व महान्यायाधिवक्ता एवं निर्वाचन समितिका पूर्व सदस्य हुन् ।


