प्रदीप पौडेल – भ्रष्टाचारका खोलिएका फाइल पनि बन्द हुने खतरा छ

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको पौडेलले बताए । ‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाइमा पत्यार लाग्थ्यो । अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन । पुराना खोलिएका पनि बन्द हुने खतरा छ’, पौडेलले भने ।

चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाए । ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टाचारको अनुसन्धानको यात्रा अड्किएको देखियो’, पौडेलले भने ।

वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए । ‘भ्रष्टाचारका अलि अलि फाइल खोल्न खोजेको छ’ पौडेलले भने, ‘फाइल खोलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ । हामी पछाडि बसेर अँध्यारो भइरहेका छौं ।’

प्रधानमन्त्री प्रचण्ड आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले सुझाए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖