नेपाललाई कर्मचारीले होइन, नेताले नै बिगारेका हुन् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई कर्मचारीले नभई नेताले नै बिगारेको बताएका छन्।
साउदी अरब भ्रमणमा रहेका उनले जेद्दामा नेपाली संघसंस्थाका अगुवालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

‘हाम्रो देश कर्मचारीले होइन, राजनीतिक नेतृत्वले बिगारेको रहेछ, मन्त्री भएर सिंहदरबारमा रहँदाको छोटो अनुभवमा मैले त्यही अनुभूति गरेँ’, उनले भने, ‘देश बिग्रिनमा कर्चारीको भन्दा नेताकै हात छ। नेता ठीक भए कर्मचारी ठीक हुन्छन्।’

उनले करिब २ महिना आफूले ऊर्जा मन्त्रालय सम्हाल्दा सबै कर्मचारीको सहयोग पाएको पनि बताए। लिङ्देनले विद्युत् खरिद सम्झौतामा एक मेगावाटकै १० लाख रुपैयाँसम्म घुस लिने परिपाटी पनि आफूले देखेको सुनाए।

‘म ऊर्जामा गएपछि चार वर्षदेखि हुन नसकेको विद्युत् खरिद सम्झौता १५ दिनमै भयो। हामीले एक कप चिपा नखाई विद्युत् खरिद सम्झौता गर्यौँ, कर्मचारीले नाइँ भनेनन् सहयोग नै गरे’, उनले भने, ‘पहिले त्यहाँ विद्युत् खरिद सम्झौतामा १ मेगावाटकै १० लाखसम्म घुस लिने चलन रहेछ।’

उनले सिंहदरबार यात्राको छोटो समयमै नेपालमा कर्मचारीभन्दा नेता भ्रष्ट रहेको थाहा पाएको पनि बताए।

‘त्यसकारण मलाई थाहा भयो कर्मचारीभन्दा नेता बदमास भएपछि देश बिग्रिएको हो’, उनले अगाडि भने, ‘वैदेशिक रोजगारी जानेका लागि दुई आयोजना बनाएर ३५ प्रतिशत सेयर राखिदिऊँ भन्दा कर्मचारीले नाइँ भनेनन्। विद्युत् खेर नजान हामीले सात दिनमै हाइड्रोजन ऊर्जाको नीति लियौँ, त्यसमा पनि मलाई सबैले सघाए।’

उनले नेपालको विद्युत् उत्पादनको काम विदेशीलाई दिन नहुने बताए। ‘स्वदेशी लगानीमै बनाउन पनि हामीसँग पैसा छ। वैदेशिक रोजगारमा भएका र एनआरएनबाट पैसो उठाउन सकिन्छ’, उनले अगाडि भने, ‘देशभित्रै आह्वान गर्ने, नेपाल विद्युत् प्राधिकरणको सेयर निस्कासन गरे खर्बौँ पैसा जम्मा हुन्छ भने। नेतृत्वले व्यक्तिगत स्वार्थ र लाभहानी हेर्दैन भने कर्मचारीले असहयोग गर्दैन। देश सुनियतका साथ चलाउने हो भने बन्न बनाउन कुनै समय लाग्दैन।’

उनले अहिले नै आदर्शका कुरा गरेर जादुको छडी जस्तो वैदेशिक रोजगारी बन्द गर्न नसकिने बताए। ‘तर ४०/५० हजार तलबका लागि युवाले बिहे गरेको भोलिपल्ट विदेश हिँड्नुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ’, उनले भने, ‘देशको नेतृत्व सम्हाल्नेले बदमासी नगर्ने हो भने केही वर्षमा धेरै युवालाई स्वदेशमा रोक्न सकिन्छ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖