सन्दीपले पछि पारे हसरंगालाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगालाई बलिङ वरीयतामा पछि पारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा यथावत रहेका छन् ।

सन्दीप २२ औं स्थानमा रहँदा श्रीलंकाका चर्चित स्पिनर हसरंगा भने ३१ औं स्थानमा रहेका छन् ।

सन्दीपले आदिल राशिद, युजभेन्द्र चहल, मोहम्मद सामी लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् ।

बलिङ तर्फ नै सोमपाल कामी एक स्थान तल झरेर ८० औं स्थानमा यथावत छन् । अर्का बलर दीपेन्द्र सिंह ऐरी ६३ औं स्थानमा यथावत रहेका छन् ।

तिव्र गतिका बलर करण केसीको एक स्थान माथि उक्लिएर ८६ औं स्थानमा छन् । स्पिनर ललित राजवंशी ९८ औं स्थानमा यथावत रहेका छन् ।

ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेल एक स्थान माथि उक्लिएर ७३ औं स्थानमा छन् ।

ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख पनि ८० औं स्थानमा यथावत छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलवुड शीर्ष स्थानमा रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।