पेट ढुस्स फुल्ने, छाति दुख्ने व्यक्तिले नखानुहोस् यस्ता खाना, नत्र लाग्नसक्छ खतरनाक रोग

कुनै खानेकुरा खाएको बखत अपच भएर पेट ढुस्स फुल्छ । तर, सधै खाएको अवस्थामा वा खानेकुराको कारणले मात्र यस्तो हुँदैन। यदाकदा केही नखाई पनि पेट ढुस्स फुल्छ । धेरैलाई लाग्छ, यो त एसिडिटी वा अपच हो । जबकी पेट भरिएको महसुस हुनु अपच वा एसिडिटी मात्र नभएर आफैमा जटिल रोग पनि हो। यो रोग लागेमा पेट भरिएको महसुस हुने, भारी हुने, तथा पेट पोल्ने गर्छ। यो समस्या विशेषगरी हियेटल हर्नियाका कारण हुने भएको यो समस्या छ भने बेलामै सर्तक हुन जरुरी छ।

के हो त हियेटल हर्निया ? सामान्यतया हाम्रो अन्ननली घाटी भएर डायफ्रेम अर्थात पेटसम्म पुग्ने गर्छ । यसको बीचमा एउटा सानो भाग हुन्छ जसले छातीलाई पेटको अंगसित एकअर्काबाट टाढै राखी शरीरको दुई क्षेत्रलाई दुई हिस्सामा विभाजित गर्छ, जसलाई हियेटल भन्ने गरिन्छ । केही परिस्थितिमा हियेटल सामान्य आकार भन्दा केही ठूलो हुने गर्छ । यस्तो अवस्थामा डायफे्रमको तल्लो भागमा हुने हियेटलको केही भाग सरेर माथितर आउने गर्छ । र, यो स्थितिलाई नै चिकित्सकीय भाषामा हियेटल हर्निया भन्ने गरिन्छ। हियेटल हर्निया भएमा यी लक्षणहरु देखा पर्ने गर्छ।

कसरी थाहा पाउने ? हियेटल हर्निया भएमा खाना खाए लगत्तै खाना माथि माथि आएको महसुस हुने गर्छ । पेट भारी रहनुका साथै पेट भरिएको तथा खाना पेटको माथिल्लो भागमै रहेको महसुस हुने गर्छ । हियेटल हर्निया एसिडिटी बढ्ने गर्छ । कयौ पटक छाती पोल्ने, दुख्ने समेत हुनसक्छ । खाना निल्नमा समस्या हुनु, खाना अड्किनु, सास फुल्नु, अपच तथा वाकवाकी महसुस हुनु पनि हियेटल हर्नियाका लक्षण हुन् ।

अब के गर्ने ? धेरै चिल्लो, पिरो तथा मसलेदार खानेकुराको सेवन नगर्ने, खाना खाए लगत्तै नसुुत्ने । अन्यथा खाना पेट नलीबाट अन्न नलीतर्फ गएर समस्या उत्पन्न हुनसक्छ । खाना खाँदा मज्जाले चपाएर खाने । र, थोरै थोरै खाने ताकी आफूले खाएको खाना सजिलै पच्न सकियोस् । वजनलाई नियन्त्रण राख्नुपर्छ । किनकी अतिरिक्त तौलका कारण हियेटल हर्निया भएमा पेटमा भारीपना वा दवाब महसुस हुनसक्दछ । मदिरा, चिया कफी लगायत अत्याधिक तातो कुराको सेवन नगर्ने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖