विश्वकप वार्मअप खेलको तालिका सार्वजनिक

काठमाडौं । भारतमा यस वर्ष हुने आइसीसी पुरुष क्रिकेट विश्वकपको वार्मअप खेल तालिका सार्वजनिक भएको छ ।

वार्मअप खेलहरु २९ सेप्टेम्बरबाट ३ अक्टोबरसम्म संचालन हुनेछ ।

वार्मअप खेल विश्वकपमा सहभागी हुने १० टिमले विश्वकपको अगाडी आधिकारी अभ्यास खेल खेल्नेछन् ।

विश्वकपमा सहभागी हुने प्रत्येक देशले ५० ओभरका समान २/२ अभ्यास खेल खेल्नेछन् । अभ्यास खेलहरु भारतका विभिन्न तीन शहरमा हुनेछन् ।

गुवाहटी, हैदरावाद र तिरुवनन्तपुरममा विश्वकपका वार्मअप खेलहरु हुनेछन् । विश्वकप अघि सहभागी टोलीहरुलाई तयारीको यो अन्तिम अवसर हो ।

अभ्यासको पहिलो दिन बंगलादेशले गुवाहटीमा श्रीलंकाको सामना गर्नेछ । सोहि दिननै दक्षिण अफ्रिकाले तिरुवनन्तपुरममा अफगानिस्तानको सामना गर्नेछ ।

न्युजिल्यान्डले हैदरावादमा पाकिस्तानको सामना गर्नेछ ।आयोजक भारतले अर्को दिन गुवाहाटीमा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ । पाँच पटकको विजेता अस्ट्रेलियाले सोही दिन तिरुवनन्तपुरममा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।