चन्द्रयान ३ को सफ्ट ल्याण्डिङपछि रोभर ल्याण्डरबाट निस्किएर चन्द्रमाको सतहमा घुम्यो

काठमाडौं । चन्द्रयान–३ ले बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफ्ट ल्याण्डिङ गरी इतिहास रच्यो ।

यसपछि, सबैभन्दा ठूलो कदम प्रज्ञान रोभरको ल्यान्डरबाट बाहिर निस्कनु थियो। रोभरले अब ल्यान्डर छोडेर चन्द्रमाको परिक्रमा गरेको इसरोले जनाएको छ ।

इसरोले सोशल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेख्यो – “भारतमा बनेको चन्द्रयान-३ को रोभर अब चन्द्रमामा पुगेको छ। रोभरले ल्यान्डरबाट अलग भई चन्द्रमाको परिक्रमा पनि गरेको छ ।

भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रच्यो ।

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।

इसरोको विवरण अनुसार, चन्द्रयान-३ को मुख्य उद्देश्य रेजोलिथ भनिने चन्द्रमाको सतहमा ल्यान्डरलाई उतार्ने, घुमाउने र ल्यान्डर र रोभरहरूको साथ चन्द्रमाको सतहमा अनुसन्धान गर्ने हो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।