जब बुवाले बिरामी छोराका लागि सबवेमा खाना मागे…

काठमाडौं । चीनमा एक बुवाले उपचार गरेर फर्किंदा दिनभर भोकै रहेको आफ्नो १६ वर्षीय छोराका लागि सबवे यात्रुबाट खाना मागेको भिडियोले अहिले चर्चा पाएको छ ।

अगस्ट १४ मा पूर्वी चीनको आन्हुई प्रान्तको हेफेईको ‘सबवे’मा खिचिएको भिडियोमा बुवाले यात्रुहरूलाई सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएको र दिनभर केही नखाएका छोराका लागि खानेकुरा मागेको देखिन्छ ।

नाम नखुलाइएका ती बुवाले सिटी स्क्यान तस्बिरसहितको सेतो प्लास्टिकको झोला समात्दै यात्रुहरूलाई आफूहरू दिनभर अस्पतालमा भएको र केही खाने मौका नपाएका भनेका थिए । ती बुवाले छोरा आफैँ दिसापिसाब गर्न नसक्ने र आफैँले खुवाउनुपर्ने पनि भनेका छन् ।

त्यसपछि नजिकै उभिएकी एउटा महिलाले आफ्नो झोलाबाट अंगुरको गुच्छा निकालेर दिएको भिडियोमा देखिन्छ ।

त्यसपछि धन्यवाद दिँदै ती बुवाले आफ्नो छोरालाई अंगुर खुवाएको भिडियाले चिनियाँ सामाजिक सञ्जालमा लाखौँले हेरेका छन् । सबैले बुवालाई सम्मान गर्दै उनको स्वास्थ्य सुधारको कामना गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।