वीर्य स्वस्थ राख्न त्याग्नुपर्ने ६ विषय

गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको छ ।

वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ६ बानी यी हुन् :

अगाडिको गोजीमा मोबाईल राख्ने :

धेरै पुरुषले आफ्नो सजिलोको लागि पाइन्टको अगाडिको पकेटमा मोबाईल राख्छन् । तर यसले बीर्य निस्काशनमा असर गर्छ । मोवाईललाई जति पेल्बिसनजिक राखिन्छ स्वस्थ वीर्य उत्पादनमा हानी गर्ने त्यति नै प्रबल सम्भावना हुन्छ । तसर्थ पछाडिको गोजी वा झोलामा मात्र मोवाईल राख्नुहोस् ।

तनाब :

तनाबले शरीरको विभिन्न कार्यलाई प्रभाव गर्छ । तीमध्ये प्रजनन स्वास्थ्यमा पनि निकै अशर गर्छ । बढि तनाब लिने मानिसको वीर्य असामान्य आकारको हुने अध्ययनले देखाएका छन् । असामान्य वीर्यको गुणस्तर पनि न्यून हुने गर्छ ।

धुमपान :

विभिन्न अध्ययनहरुमा यो पनि पाइएको छ कि कुनै पुरुषले जति चाँडो धुमपान त्याग्छ, त्यति नै छिटो स्वस्थ वीर्य उत्पादनको सम्भावना बढी हुन्छ ।

बढी तौल :

बढी तौल भएका वा मोटा मानिसको वीर्यको गुणस्तरमा ह्रास आउने गरेका विभिन्न अध्ययनले देखाएका छन् । मोटोपनले महिला यौन हर्मन
एस्ट्रोजनलाई तीब्र पार्छ । अत्यधिक तौलले लिंग उत्तेजनामा पनि समस्या उत्पन्न हुन्छ ।

तापमा एक्सपोज :

तापमा अत्यधिक एक्सपोज भएमा पनि वीर्यको गुणस्तरमा असर गर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।