गर्मीको समयमा स्वस्थ रहन के गर्ने ?

आधुनिकता र विकाससँगै शहरमा वस्ने मानिसहरूको संख्या तीव्र हुन पुगेको छ। सुविधा र अवसरका लागिशहर पसेसँगै मान्छेको जीवन शैलीपनि परिवर्तन हुने गरेको छ। शारिरीक परिश्रम कम तर मानसिक बढि छ।

शरिरलाई स्वास्थ्य राख्न सन्तुलित आहारसँगै शारिरीक व्यायम पनि आवश्यक पर्दछ। हामीले खाएको आहारलाई पचाउन र शरिरीमा उर्जा प्राप्त गर्न सन्तुलित व्यायाम पनि महत्वपूर्ण छ। गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइ ड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भए जस्तो लाग्न थाल्छ।

यद्यपि, हामीले केही सावधानीहरु अपनायौँ भने गर्मी मौसममा पनि स्वस्थ तथा फुर्तिलो रहन सक्छौँ। गर्मीमा चिया-कफीको सेवन कम गर्नुपर्छ। यसबाहेक जुस,आइस,दही, लस्सी, सातु, कागती–पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदा जनक हुन्छ।

के गर्ने?
१.गर्मीको मौसममा पानीको सेवन धेरै गर्नुको साथै घरमा ग्लुकोज, जीवन जल, पुदिना आदि राख्नुपर्छ।

२.बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुँदैन। त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ।

३.अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ।

४.पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ। गाजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ। यी सब्जीहरूमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुने गर्छ।

५.मिठाईको बदलामा फलफूल खानुपर्छ ।

६.गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेसनबाट जोगिनका लागि बिहान सबेरै र साँझपख हिँडनु राम्रो हुन्छ।

७. केही क्षण ध्यान तथा योग अभ्यास गर्ने।

८. स्वस्थ्य रहन हप्तामा एक सय ५० मिनेट व्यायाम गर्नु आवश्यक छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।