यस्ता छन् साइलेन्ट हर्ट -अट्याकका लक्षणहरु! जानी राखौँ

मृत्युका धेरै कारण छन् । केहीबेर अघिसम्म स्वस्थ भनिएको मानिस केहीबेर पछी अकास्मात मरेको खबर पाईन्छ भने कस्तो होला ? कुनै दुर्घटनाको कारण हुने मृत्युको कुरा फरक छ, तर आफ्नै स्वास्थ्य र आफ्नै शरीरको कुनै अंगले एक्कासि काम गर्न छाडेपछी हुने मृत्युलाई कसले रोक्न सक्ला ? यस्तै स्थिति हो हर्टअट्याक, त्यसमा पनि साइलेन्ट हर्ट-अट्याक खतरनाक छ ।

हर्ट-अट्याकका कारण मृत्यु हुनेहरु धेरै छन् तर पछिल्लो समय चर्चामा रहेका दुई हर्ट अट्याकका घटनाले आम मानिसहरुमा ठूलो डर पैदा गरिदिएको छ । साइलेन्ट हर्ट-अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन silent myocardial infarction (SMI) भनिन्छ । यस्तो हर्ट-अट्याक हुनु अघि छाती र मुटु दुखाईको महसुस हुँदैन, त्यसैले हर्ट-अट्याक हुँदैछ भन्ने थाहा हुँदैन । तर अरुनै लक्षणहरु भने थाहा पाउन सकिन्छ ।

साइलेन्ट हर्ट-अट्याकको ५ लक्षणहरु

१. ग्यास्ट्रिक समस्या, पेटमा खराबी हुनु

२. बिना कारण अल्छीपन वा कमजोरी महसुस हुनु

३. थोरै काम गर्दा पनि थकाई लाग्नु

४. अचानक चिसो पसीना आउनु, गला वा पाखुरा दुख्नु

५. पटक-पटक स्वास फुल्ने (स्व–स्वा बढी हुनु), स्वास प्रस्वासमा समस्या हुनु

साइलेन्ट हर्ट-अट्याकका ५ कारणहरु

१. धेरै ओएली (तेल), चिल्ला पदार्थ र प्रोसेस्ड फूड सेवन गर्नु

२. शारीरिक कसरत नगर्नु वा काम नगरी दिन व्यतित गर्नु

३. रक्सि तथा धुम्रपान सेवन गर्नु

४. डाइभिटीज र मोटोपन हुनु

५. कामको चाप बढ्नु तथा तनाव बढी हुनु

साइलेन्ट हर्ट-अट्याकबाट बच्ने ५ उपायहरु

१. डाइटमा सलाद, तरकारीहरु ज्यादा सेवन गर्ने ।

२. निरन्तर हिड्ने, सरिरलाई चलायमान बनाउने जस्ता काम गर्ने, शारीरिक व्यायाम गर्ने, योगहरु गर्ने।

३. धुम्रपान तथा मध्यपानबाट टाढा रहने ।

४. खुसि रहने ,तनाबमा नरहने ।

५. निरन्तर मेडिकल चेक-अप गराउने तथा उपचार गर्ने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖