चन्द्रयान-३ का तीन मध्ये दुई उद्देश्य पूरा भएको इसरोको भनाइ

काठमाडौं । इसरोले चन्द्रयान–३ मिसनका तीनवटा मिसनमध्ये दुईको उद्देश्य पूरा भएको जनाएको छ । तेस्रो उद्देश्य अन्तर्गत वैज्ञानिक प्रयोगहरू भइरहेका छन्। सबै पे लोडहरूले पनि राम्ररी काम गरिरहेका छन्।

इसरोले एक्समा ट्वीट गर्दै भनेको छ, “मिसनका तीनवटा उद्देश्यहरू मध्ये दुई – चन्द्रमाको सतहमा सुरक्षित र सफ्ट ल्यान्डिङ र चन्द्रमामा रोभरको रोभिङ प्रदर्शन – पूरा भएको छ। तेस्रो उद्देश्य वैज्ञानिक प्रयोगको प्रदर्शन पनि भइरहेको छ।”

इसरोले बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको छ । यस सफलताका लागि वैज्ञानिकहरू र सम्पूर्ण देशलाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आदित्य एल-१ को उल्लेख गरेका थिए।

उनले भने, “चाँडै इसरोले सूर्यको विस्तृत अध्ययनको लागि आदित्य एल-१ मिसन सुरु गर्न लागेको छ।” इसरो प्रमुख एस सोमनाथले पनि भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको अर्को मिसन आदित्य एल-१ रहेको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।