प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेता बुटवल आउने

बुटवल । समाजवादी मोर्चाका शीर्ष नेता भदौ १२ गते बुटवल आउने भएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेता बुटवल आउने भएका हुन् ।

समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशले आज पत्रकार सम्मेलन गरी मोर्चाको घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेता बुटवल आउने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले समाजवादी मोर्चा कसैको विरुद्ध गठन गरिएको नभई २०६२–६३ सालको आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु र संविधानको रक्षाका लागि बनाइएको बताए । मोर्चामा रहेका दलहरुबीच धेरै विषयमा विमति रहेकाले समाजवादी

मोर्चामार्फत सहकार्य हुँदै पार्टी एकतासमेत हुनसक्ने सम्भावना उनले औंल्याए । समाजवादी मोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मोर्चाको तयारी अन्तिम चरणमा पुगेको बताए ।

पत्रकार सम्मलेनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य बसन्त सी, जनता समाजवादीका राजनीतिक समितिका सदस्य मनिकर कार्की, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, एकृकीत समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी लगायता नेताहरुको सहभागिता रहेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।