झलनाथ खनाल – समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी भएको बताएका छन् ।

आइतबार पार्टी पत्रकारहरूको संस्था निकट समाजवादी प्रेस सङ्गठनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दलाल पुँजीवाद हर क्षेत्रमा हाबी हुँदा भ्रष्टाचार सङ्कट बढ्दै गएको बताए ।

‘नेपाली जनताले विश्वास गरेर २०७४ को निर्वाचनमा वामपन्थीहरूलाई दुई तिहाइ मत दिए पनि त्यसपछि बनेको सरकारले जनभावनाअनुसार काम गर्न नसेको मात्रै होइन । संसद नै विघटन गरेपछि अस्थिरता सुरु भएको छ’, उनले त्यसपछि भएको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको भन्दै अगाडि भने, ‘यो जनतामा देखिएको चरम असन्तुष्टि हो ।’

उनले देश अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै यो एक किसिमको राजनीतिक सङ्कटका रूपमा रहेकाले पुँजीवादी शक्तिको जोडले बनाएका पद्धतिलाई बदल्न जरुरी रहेको बताए । उनले भने, ‘जस्तो निर्वाचन प्रणाली नबदली हुँदैन ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।