मधेसी आयोग – गाईगोरुको हत्या गरी भोज गर्नेलाई कारबाही गर

काठमाडौं । गाईगोरुको हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन मधेसी आयोगले आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो ।

सुनसरीको धरानमा गाईगोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधानविपरीत रहेको आयोगको ठहर छ । सो कार्यमा संलग्नलाई कारबाही गरी सामाजिक–धार्मिक सद्भाव कायम राख्न आयोगले ध्यानाकर्षण गराएको छ ।

संविधानमा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएकाले सबै जातजाति र धर्मका मानिसले त्यसको सम्मान गर्नुपर्नेमा आयोगले जोड दिएको छ । राष्ट्रिय जनावरको हत्या गर्नु संविधानमाथि नै प्रहार गर्नुसरह भएको आयोगको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖