उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव छैन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुककाे परिवर्तन सम्भव नरहेको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भने , “हरित अभियानको अर्थपूर्ण र दीघर्कालीन रणनीतिक महत्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रुपमा यो अभियानलाई सुरु गरिएको हो ।”

सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउन लाग्ने सबैलाई प्रधानमन्त्री दाहालले धन्यवाद दिए । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको उल्लेख गर्दै उनिले आफ्नो भारत भ्रमणमा जाँदा यस विषयमा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिए ।

प्राकृतिक कृषिका बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र तथा त्यस्ता अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।

सो अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हरित कृषि अभियानलाई देशव्यापी रुपमा लैजान पार्टीले विशेष पहलकदमी लिने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता डिलाराम आचार्य, दीनानाथ शर्मा, झक्कुप्रसाद सुवेदीलगायतले अभियानको आवश्यकता र महत्वका बारेमा जानकारी गराएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।