एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

झापा, ११ भदौ : यहाँका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।

अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गर्नुभएको थियो ।

“सहन नसक्ने गरी पेटभित्र दुखाइ भएको भन्दै उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो”, निर्देशक पोखरेलले उपचारबारे जानकारी दिँदै भन्नुभयो, “मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहनुभएको सर्जन डा शशी सिंहले उहाँको स्वास्थ्य परीक्षणपश्चात तुरुन्त शल्यक्रिया गरिएको थियो ।” सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उहाँको भनाइ छ ।

साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो । शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको उहाँका छोरा दीपककुमार साहले बताउनुभयो ।

एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सक बताउँछन् । “एउटै स्टोन हुँदा दुखेर बिरामी निकै पीडामा छटपटाउँछन्,” साहलाई अस्पतालको सर्जिकल वार्डमै भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भन्नुभयो, “यति धेरै स्टोन बोकेर कसरी सहेर बस्नु भएको थियो होला भनेर म चकित भएको छु ।”

अस्पतालका व्यवस्थापक मनोज दाहालले उहाँको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।