रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २१ भदौ : नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।

स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उहाँले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको पार्टी कार्यालयका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र बिहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ । अपरान्ह २ः३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांगे्रसले जनाएको छ ।

विसं २०२७ कात्तिकमा जन्मनुभएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा पर्नुभएको थियो ।

रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नं-७ को क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनुभएको थियो । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका उहाँले मानव अधिकारवादी सङ्घ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आउनुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।