मार्केटिङको जागिरले बनायो उद्योगी

चितवन, २६ भदौ ः रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा रोजगारी पाइएको भएकोे हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् ।

यहाँका एक युवा आयुर्वेद औषधिको बजारीकरण (मार्केटिङ) को काम गर्दागर्दै आफै उद्योगी बनेका छन् । भरतपुर महानगरपालिका–६ गीतानगर निवासी चक्रपाणि न्यौपाने त्यस्तैमध्ये एक हुनुहुन्छ । उहाँले केही समय आयुर्वेदको मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्नुभएको हो ।

विसं २०३७ मा स्याङ्जाको मिर्मिमा जन्मिनुभएका न्यौपाने विसं २०४२ मा परिवारसहित चितवनको गीतानगर झर्नुभयो । स्थानीय कलेजबाट स्नातकसम्म अध्ययन गरेपछि उहाँले एशियन हर्बल उद्योगका सामान मार्केटिङ गर्न थाल्नुभयो । पच्चिस वर्षको उमेरमा काम थाल्नुभएका न्यौपानेमा चार वर्ष मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्ने सोच आयो ।

आफन्त र दाजुभाइको सहयोग तथा बैंकको ऋणसहित रु २० लाख हाराहारीको लगानीमा उहाँले भरतपुर महानगरपालिका–७ कृष्णपुरमा आयुर्वेदिक उद्योग सुरु गर्नुभयो । विस्तारै उद्योगबाट उत्पादित औषधि खपत हुन थालेपछि उद्योग विस्तार गर्न गीतानगरमा रहेको आफ्नै पैत्रिक जग्गामा टहरा निर्माण गरेर न्यौपानेले उद्योग सार्नुभयो ।

नारायणगढमा वैदिक आयुर्वेद सेवा प्रालि. सञ्चालन गर्दैै आउनुभएका उहाँले व्यवस्थापनमा स्नातकसम्मको अध्ययनका साथै काम गर्दै जाँदा आयुर्वेदतर्फ वैद्यसम्मको अध्ययन गर्नुभयो । न्यौपानेले भन्नुभयो “आयुर्वेदको भविष्य छ, आम्दानी गर्नाका साथै सेवा गर्न पाइने, बिरामीलाई उपचार गरेर निको बनाउन पाइने, दुःखी मानिसको जीवनलाई सुखी बनाउन पाइने देखेर नै यसतर्फ लागेको हुँ ।” उहाँले थप्नुभयो “एक छाक खानकै लागि जे काम गरे पनि हुन्छ, तर यो व्यवसाय गर्दा अर्काको कल्याण पनि हुने देखेर यसतर्फ लागेँ ।”

उत्पादन र मार्केटिङ पनि आफै गर्दै आउनुभएका न्यौपानेले उद्योग सञ्चालन गरेको १२ वर्ष बितेको छ । रु. २० लाख हाराहारीबाट सुरु गरिएको उद्योगमा अहिले रु पाँच करोडभन्दा बढी लगानी पुगेको छ ।उहाँले सुरुवाती चरणमा जडीबुटी ल्याइ पाउडर बनाएर उद्योग सुरु गर्नुभएको थियो । सुरुवाती चरणमा सात वटा औषधिभ उत्पादन हुने न्यौपानेको उद्योगबाट अहिले ५० थरिका औषधि उत्पादन हुन्छन् । उहाँले भन्नुभयो “सुरुवाती चरणमा खर्च मात्रै चल्ने गरी कारोबार हुन्थ्यो ।”

विस्तारै उत्पादन बढाउँदै लगेको बताउँदै न्यौपानेले भन्नुभयो, “सुरुमा चितवन मात्रै बजार थियो, अहिले चितवनसहित काठमाडौँ, बुटवल, ईटहरीलगायत नेपालका आधाभन्दा धेरै जिल्लामा उत्पादन पुगेको छ ।” अहिले व्यवसायबाट सन्तुष्ट हुने गरी कारोबार भइरहेको उहाँले बताउनुभयो ।उद्योगमा चाहिने ९० प्रतिशत कच्चापदार्थ (जडीबुटी) नेपालकै प्रयोग हुने न्यौपानेको भनाइ थियो ।

वैदिक आयुर्वेद सेवा प्रालिका काठमाडाँैं, बुटवल र ईटहरीमा शाखा छन् । ती सबै शाखामा आयुर्वेदिक चिकित्सक राखेर बिरामीको सेवा गर्दै आइएको उल्लेख गर्दै उहाँले जोड दिनुभयो, “हाम्रो क्लिनिकमा आउने अधिकांश बिरामीलाई आफ्नै उत्पादनको औषधि दिन्छौँ ।”

बीस जनाभन्दा बढीलाई रोजगारी दिनुभएका उहाँले भन्नुभयो “कति कमाएँ भन्ने गौण विषय हो, धेरैलाई चुलोे बाल्ने सक्ने बनाउन सकेँ, त्यसैमा आनन्द लाग्छ ।” एलोपेथीको उपचार गर्दागर्दै जीवनबाटै निराश भएकासमेत आफूकहाँ आएर निको भएको उहाँको जिकिर थियो छ । नेपालका सबै ठाउँमा जुडीबुटी पाइने भएकाले आयुर्वेद उद्योगका लागि नेपाल प्रचुर सम्भावना रहेको स्थल भएकाले उहाँको भनाइ थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।