एसिया कपमा महत्वपूर्ण खेलअघि पाकिस्तानी टिमलाई ठूलो झट्का

काठमाडौं । एसिया कप २०२३ मा संघर्ष गरिरहेको पाकिस्तानी टोलीलाई ठूलो झट्का लागेको छ । श्रीलंकाविरुद्धको महत्वपूर्ण खेलअघि पाकिस्तानी टोलीका स्टार बलर नसिम शाह प्रतियोगिताबाट बाहिरिएका छन् । नसिम चोटका कारण एसिया कपबाट बाहिर भएका छन् ।

नसिम शाहले आफ्नो अन्तिम खेल एसिया कपमा भारतीय टोलीविरुद्ध खेलेका थिए । त्यो खेलमा उनले ९.२ ओभर बलिङ गरे र ५३ रन दिएर कुनै विकेट लिन सकेनन्। यस खेलमा फिल्डिङ गर्ने क्रममा नसिमको दाहिने काँधमा चोट लागेको थियो । नसिम शाहको स्थानमा जमान खानलाई टोलीमा समावेश गरिएको छ ।

भारतीय टोली यसअघि नै एसिया कप २०२३ को फाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तानले सुपर–४ मा अन्तिम र निर्णायक खेल आज श्रीलंकासँग कोलम्बोमा खेल्ने छ । यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ, जहाँ भारतीय टोलीसँग प्रतिस्पर्धा हुनेछ।

यस्तो अवस्थामा नसिम शाहको यो महत्वपूर्ण खेलअघि चोटका कारण बाहिर हुनु पाकिस्तानी टोलीका लागि ठूलो झट्का हो । उता पाकिस्तानी टिमका अर्का स्टार बलर हरिस रउफ पनि घाइते भएका छन् । भारतविरुद्धको खेलमा उनी घाइते भएका थिए । हरिसले चोटका कारण सावधानीका रुपमा भारतविरुद्ध बलिङ गरेका थिएनन् ।

तर अब पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को मेडिकल टोलीले हरिस निको भएको बताएको छ। उनी श्रीलंकाविरुद्धको खेलमा खेल्न सक्छन् ।

पीसीबी मेडिकल टीमका डाक्टर सोहेल सलीमले यी दुवै फास्ट बलर आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् । यी नै टोलीका बलियो स्तम्भ हुन् । उनीहरूलाई विश्वकपअघि मेडिकल टोलीले उत्कृष्ट सुविधा दिनेछ । पाकिस्तानले पनि अर्को महिनादेखि भारतमा एकदिवसीय विश्वकप खेल्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।